arrow

टेनिस स्टार जोकोभिचलाई पनि कोरोना, भने – ‘सो सरी’  

logo
प्रकाशित २०७७ असार १० बुधबार

काठमाडौं । कोरोना भाइरसको संक्रमणले खेलाडीहरुलाई पनि सताएको छ । विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिकलाई पनि कोरोना लागेको छ ।

एड्रिया टुर अन्तर्गत दोस्रो लेगको प्रतियोगिताका क्रोएसिया पुगेका जोकोभिकलाई कोरोना देखिएको हो । 

जोकोभिकले एक प्रेस विज्ञप्ति निकाल्दै आफूमा कोरोना भएको बताएका छन् । उनले ‘सो सरी’ समेत भनेका छन् । 

जोकोभिचलाई कोरोना भए पनि उनकी श्रीमती र बच्चामा भने कोरोना नदेखिएको जनाएका छन् ।

एड्रिया टुर खेलिरहेका बुल्गेरियाका ग्रिगोर दिमित्रोभ, क्रोएसियाका बोर्ना कोरिक र सर्वियाका भिक्टर ट्रोइकीलाई पनि कोरोना देखिएको थियो । 

खेलाडीमा कोरोना देखिएपछि जोकोभिकले प्रतियोगिता स्थगित गर्नुपरेको बताएका छन् । उनकै अगुवाईमा प्रतियोगिता भइरहेको थियो । 



लोकप्रिय समाचार
नयाँ