काठमाडौं । भारतले राजधानी दिल्लीस्थित पाकिस्तानी दूतावासमा कार्यरत दर्जन कर्मचारीलाई देश निकाला गर्ने भएको छ ।
जासुसी गरेको तथा आतंकवादीहरुसंग जोडिएको आरोप लगाउँदै भारतले उनीहरुलाई देश निकालाको तयारी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानले दूतावासका आधा कर्मचारीलाई हटाउन लागेको हो । भारतले पाकिस्तानको इस्लामावादस्थित भारतीय दूतावासमा कार्यरत कर्मचारीको संख्या पनि आधा कटौती गर्ने जनाएको छ ।
पाकिस्तानले अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । यसले भारत–पाकिस्तानबीचको तनाव भने बढाउने निश्चित प्रायः छ ।
तीन साताअघि भारतले दुई पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो । त्यसको असर स्वरुप पाकिस्तानले पनि इस्लाबादस्थित भारतीय दूतावासमा काम गर्ने दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
सवारी चलाउँदा पैदल यात्रुलाई ठक्कर दिएपछि पाकिस्तान प्रहरीले उनीहरुमाथि सोधपुछ गरेको थियो ।