arrow

'कर्मचारी र सुरक्षा निकायका व्यक्तिहरु नेकपाको पूर्णकालिन कार्यकर्ता जस्तै'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १० बुधबार
NC-party-office.png

काठमाडौं। श्रृखंलावद्ध रुपमा अधिनायकवादतर्फ उन्मुख कम्युनिष्ट सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरु समेत नेकपाको पूर्णकालीन सदस्य जस्तो गरी प्रयोग भएको नेपाली कांग्रेसले बताएको छ। 

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले एक विज्ञप्ती निकाल्दै नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, कांग्रेसका जिल्लास्तरीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई अनाहकमा दुःख दिने, झुठ्ठा मुद्दामा फसाउने, कुटपिट एवं दुर्व्यवहार गर्ने जस्ता घटनाहरुप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

सोलुखुम्बु जिल्लाका सोलुदुधकुण्ड नगरपालिका लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गाउपालिका र ति गाउपालिकाहरु अन्तर्गतका जलविद्युत आयोजना र  विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितता तथा नागरिकहरु कोभिड १९ का कारण रोग र भोकसँग जुधिरहेको संवेदनशील अवस्थामा समेत राहत वितरणमा व्यापक अनियमितता, पक्षपातपूर्ण व्यवहार भएको घटनालाई अत्यन्त सालिन, सभ्य र सुसंस्कृत ढंगबाट विरोध गर्दा नेकपाका कार्यकर्ताहरुले प्रहरी प्रशासनको आडमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुर्व्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता गर्न नमान्ने जस्ता गैर जिम्मेवार क्रियाकलाप निन्दनीय र खेदजनक भएको कांग्रेसले जनाएको छ।

यस्ता अनियमित, अवांछित, अमर्यादित घटनाहरुलाई तत्काल रोकी आम नागरिकहरुले संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानूनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानविन गरी कुटपिटमा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ। 



लोकप्रिय समाचार
नयाँ