arrow

प्रधानमन्त्रीको बोलीलाई पञ्जिकरण विभागले धज्जी उडायो

logo
प्रकाशित २०७७ असार १० बुधबार
national-democratice-disabl.jpg

काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपांगता भएकाहरुलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । 

संघका अध्यक्ष भोजराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारले कोरोनाको कहरको संकटका बेलामा अपांगता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता नकाट्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवोधनको जेठ २८ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले धज्जी उडाएको जनाएका छन् । 

विभागले २०७६ चैत २६ गतेको देशकै ७५३ वटै स्थानीय तहलाई प्रेसित सेवा सुविधाबाट वञ्चित गर्ने पत्रलाई नै सदर गरेपछि सुरक्षा भत्ताबाट वञ्चित गरिएको हो । 

संघले सामाजिक सुरक्षा ऐन २०७५ बजेट पेश भएपछि संशोधन गर्ने भनिएता पनि संशोधन प्रकृया नथाल्दा सरकार कतै झुठको खेती त गर्दै छैन ? भनी आशंका बढाएको छ । 

संघले सरकारसंग उक्त ऐन तत्काल संशोधन गर्न समेत जोडदार माग गरेको छ । यदि माग पूरा नभए अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि नेकपाको केपी ओली नेतृत्वको सरकारविरुद्ध चरणवद्ध कडाभन्दा कडा आन्दोलन गर्न वाध्य हुने पनि चेतावनी दिइएको छ । 

संघले आफूहरुको मागमा साथ दिन राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी, पत्रकार लगायतलाई सहयोगका लागि अनुरोधसमेत गरेको छ । 



लोकप्रिय समाचार
नयाँ