arrow

बम बिस्फोट काण्डका आरोपित नेकपाका प्रदेश कमिटी सदस्य शेख सहित दुई जना पक्राउ

logo
सन्जय सहनी,
प्रकाशित २०७७ असार १० बुधबार
ncp-workers.jpg

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले बम बिस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाइ बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका प्रदेश नम्बर दुई कमिटीका सदस्य इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र उनका साथी दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

सरोबर र उनको साथी साहलाई दश वर्ष अघि यात्रुबाहक बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो। २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना व्यक्ति घाइते भएका थिए ।

सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो। गौर–चन्द्रनिगाहपुर सडकखण्डको हजमिनियामा भएको बम विष्फोटको आरोपमा प्रहरीले घटना पश्चात फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कसुर बमोजिमको सजायँको लागी जिल्ला अदालत रौतहटमा लग्ने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताएका छन्। अदालत लगिएपछि अन्य तथ्य भन्न मिल्ने श्रेष्ठले बताए।



लोकप्रिय समाचार
नयाँ