सल्यान । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आपत्कालीनबाहेक सवै सेवा बन्द गरिएको छ ।
जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिन बसेकाहरुको स्वाब सङ्कलनमा संलग्न ४५ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि संक्रमण न्यूनीकरणका लागि सेवा बन्द गरिएको हो ।
यही असार ५ गते अस्पतालका सात स्वास्थ्यकर्मीको स्वाब संकलन गरी सुर्खेत पठाइएकामा एक स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रमुख डा अर्जुन बुढाले बताए ।