चीनले मिचेको र कब्जामा राखेको जमिन फिर्ता गराउन संसदमा संकल्प प्रस्ताव
लम्पसार चरित्र नदेखाउन सरकारलाई कांग्रेसको सुझाव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १० बुधबार
57
Shares
काठमाडौं। भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समेटी त्यसलाई संविधानको अनुसूचीमा समावेश गरिए लगत्तै चीनले मिचेको भूमागलाई पनि फर्काउन पहल शुरु भएको छ।
यसै पहल अन्तर्गत संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केहि सांसदहरूले चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन माग गर्दै संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल र संजयकुमार गौतमले बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराउँदै चीनको अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनका लागि माग गरेका छन्।
सांसदत्रयको संकल्प प्रस्तावमा, 'नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भूभागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका साथै त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभागहरू र गाउँसमेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्नका लागि यो संकल्प प्रस्ताव पेस गरेका छौं,' भनिएको छ ।
यतिखेर आम नागरिकबीचमा कुनै पनि छिमेकीले मिचेको भूमी फिर्ता ल्याउन कमजोरी देखाउन नुहने धारणा प्रवल छ। कुनैसँग सीमा विवादमा आक्रामक हुने कुनैसँग लम्पसार पर्ने चरित्र सरकारले देखाउन नहुने मत आम नेपालीको छ।