arrow

मध्यरातमा अमेरिकी विदेशमन्त्री पम्पेओले सम्झिए नेपाल  

कोभीड १९ सहितका कैयन मुद्धामा परराष्ट्रमन्त्री ज्ञवालीसँग वार्ता गरेको जानकारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १० बुधबार
pompeo-us-foreign-secretary.jpg

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्विकार्ने नस्विकार्ने चर्चाकै बीच अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग छलफल गरेका छन्। ज्ञवालीसँगको छलफलको भएको जानकारी दिदै पम्पेओले ट्वीट गरेका छन्। 

पम्पेओले ट्वीटमा नेपालका परराष्ट्मन्त्री ज्ञवालीसँग महत्वपूर्ण छलफल भएको जानकारी गराएका थिए। राती दश वजेर १२ मिनेटमा गरेको उनको ट्वीटमा नेपालसँग कोभीड १९ बिरुद्ध लड्न अमेरिकाले जारी राखेको सहयोग लगायतका कैयन बिषयमा छलफल भएको जनाएका छन्। उनले आगामी दिनमा अमेरिका नेपाल सम्वन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्। 

अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्विकार्ने नस्विकार्ने चर्चाकै बीच भएको संवादमा यस बिषयमा कुराकानी भएको नभएको बारे उनले खुलाएका छैनन। यद्यपी यस बिषयमा अमेरिकाले गम्भिर चासो व्यक्त गरेको परराष्ट्र स्रोतले जनाएको छ। 

नेपालको परराष्ट्र मन्त्रालयले दुई परराष्ट्र मन्त्रीबीच टेलिफोन संवाद भएको जानकारी दिएको साँढे दुई घण्टा पछि अमेरिकी विदेशमन्त्रीको सो ट्वीट आएको हो। 

एमसीसी यहि असारको १६ गतेसम्म संसदबाट पारित गर्नुपर्ने वाध्यता भएपनि संसदमा अहिलेसम्म यो विषय छलफलमा ल्याइएको छैन। सभामुख अग्नी सापकोटाले यो मितिलाई छल्दै वैठक असार १७ गते मात्र बोलाएका छन्।

सभामुखले एक हप्तालाई वैठक स्थगित गरेकोलाई नेकपा वृतमै षडयन्त्रको रुपमा पनि अर्थ्याइएको छ। यस बिषयमा प्रधानमन्त्री केपी ओली र सभामुख अग्नी सापकोटाको पनि मंगलवार छलफल भएको थियो। 

Secretary Pompeo

@SecPompeo

Great speaking with Nepali Foreign Minister 

@PradeepgyawaliK

today on a number of issues, including our ongoing COVID-19 cooperation. I look forward to further strengthening the U.S.-Nepal relationship.



लोकप्रिय समाचार
नयाँ