काठमडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल ३० वर्षपछि पहिलो उपाधि नजिक पुगेको छ ।
बुधबार राति एनफिल्डमा क्रिस्टल प्यालेसलाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।
एलेक्जेन्डर अर्नोल्डले २३ औं मिनेटमा, मोहमद सलाहले ४४ औं मिनेटमा, फाबिन्होले ५५ औं मिनेटमा र साडियो मानेले ६९ औं मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए ।
सलाहले लिभरपुलका लागि सयौं गोल पनि पूरा गरेका छन् ।
उपाधिका लागि घण्टा कुर्दै लिभरपुल
लिभरपुल उपाधि नजिक छ । उसको ३१ खेलबाट ८६अंक भएको छ । नकटतम प्रतिस्पर्धी म्यान्चेस्टर सिटीको ३० खेलमा मात्र ६३ अंक छ ।
लिभरपुल उपाधिबाट मात्र दुई अंकले पछाडि छ । बिहीबार राति म्यान्चेस्टर सिटीको भिडन्त चेल्सीसंग हुँदैछ । खेल चेल्सीको मैदानमा हुँदैछ ।
म्यान्चेष्टर सिटीले चेल्सीलाई हराउन नसकेको खण्डमा लिभरपुलले प्रिमियर लिगको उपाधि जित्नेछ । सिटीको जितले लिभरपुलको उपाधि यात्रा केही दिन लम्बिन सक्नेछ ।
मात्र सात चरणको खेल बाँकी छ । खेलमा बराबरीमात्र हुँदा पनि उपाधि लिभरपुलले जित्नेछ । तसर्थ लिभरपुलले घण्टा कुरिरहेको छ ।
बिहीबार राति १ बजे चेल्सीले घरेलु मैदानमा खेल्दै गर्दा प्रतिक्षा पनि रोमाञ्चक नै बनेको छ ।
अन्य खेलको नतिजा
म्यान्चेस्टर युनाइटेड (एन्थोनी मार्सियल ह्याट्रिक) ३–० शेफिल्ड युनाइटेड
न्युकासल युनाइटेड १–१ एस्टन भिल्ला
नर्विच सिटी ०–१ एभर्टन
वुल्भ्स १–० बर्नमाउथ