काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाबीच अघिपछिको रोमाञ्चक खेल जारी रहेको छ ।
२४ घण्टा बित्न नपाउँदै एक अर्कोबीच पहिलोमा चढ्ने र दोस्रोमा झर्नेबीच प्रतिस्पर्धा भइरहेको छ ।
रियाल मड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मयोर्कालाई हराउँदै रियाल तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।
रियालको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरे ।
शीर्ष स्थानको रियालले ६८ अंक जोड्न सफल रह्यो । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टु हेडका आधारमा रियाल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
गोल अन्तर भने मात्र १ गोलको फरक छ । लिगमा ७ चरणको खेल बाँकी रहँदा रियालले लिगमा अग्रता बनाउन सफल भएको छ ।
रियाल सन् २०१७ पछि पहिलो पटक लिग उपाधि जित्ने अभियानमा छ । बार्सिलोना डिफेन्डिङ च्याम्पियन हो ।