arrow

अदालतमा हाजिर हुन प्रधानमन्त्री ओलीलाई आदेश 

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
oli-supreme-court.jpg

काठमाडौं  । कोरोना भाइरसको महामारीका कारण देशमा कतिको ज्यान जाने हो त्यो त भविष्यले बताउने नै छ तर यसमा भएको भ्रष्टाचारले भने धेरैको टाउको दुखाइ बनेको छ । 

सरकारले खुलेआम भ्रष्टाचार गरेको र अदालतको समेत अपहेलना गरेको सन्दर्भमा भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो क्षति पुग्ने देखिएको छ । 

आफू निर्देशन दिँदै जाने तर सम्माननीय सर्वोच्च अदालतकै आदेश भने कार्यान्वयन नगर्ने ओलीको बानीले गर्दा उनलाई अब अदालतमै जानुपर्ने भएको हो । 

अदालतले अदालती अवहेलनासँग सम्बन्धित मुद्दामा जवाफका साथ आफै उपस्थित हुन ओलीलाई आदेश दिएको छ ।

कोरोना महामारीका समयमा अदालतले दिएको सात वटा आदेश कार्यान्वयन नगरेको भन्ने सम्बन्धमा परेको मुद्दामा जवाफ दिन आउन प्रधानमन्त्रीलाई सर्वोच्चले बुधबार आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलाशले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन भन्ने विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई यो आदेश दिइएको हो ।

सर्वोच्चले  ‘उपरोक्त आदेशमा उल्लिखित विभिन्न ७ ९सात० वटा अन्तरिम आदेशको पालना कसरी गरिएको छ, ती आदेश पालना नगर्न कुनै आदेश, निर्णय, निर्देशन दिइएको हो वा होइन ? तत्सम्बन्धमा के कसो भएको हो निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र यस अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु’ भनेको छ । 

कोरोनाबारे राम्रो नियन्त्रणमा राखेको भनी जनतालाई भनेर मूर्ख बनाउने अनि संसदमा भनेर सांसद हँसाउने ओलीले अदालतमा के गर्लान् यद्यपि चाँसो छ । 



लोकप्रिय समाचार
नयाँ