डडेल्धुरा। डडेल्धुरा अमरगढीको नगरसभा उद्घाटन गरि सकिएको छ । दुई घण्टा ढिलोगरि सुरु भएको नगरसभा औपचारिक रुपमा उद्घाटन गरि स्थगित भएको हो।
अमरगढी नगरपलिकाको सभा औपचारिक रुपमा उद्घाटन मात्रै गरेर स्थगित गरिएको कार्यपालिका सदश्य भक्त शाहुले वताए ।
अमरगढी नगरपालिकाको सभा अगाडी नै नगरका युवाहरुले विभिन्न माग राखि आन्दोलन सुरु गरेकाले नगर सभा छलफल न नगरि स्थगित भएको युवानेता जगत ऐरले वताए । नगरसभा सुरु हुन अगाडी नै एक समुहमा आएका युवाले नगरका विरुद्धमा नारावाजी समेत लगाएका थिए ।
आगामी वर्ष २०७७/०७८ का लागि निती तथा कार्यक्रममा छलफल गर्नु पर्ने सभा रोकिएको छ । नगरवासीका मागहरु पुरा गर, नगर सरकार होसियार, कोरोना देखिएका मानिसका लागि तत्काल आईसोलेसनको व्यवस्था गर, नगरभित्रका हरेक वडामा आईसोलेसन निर्माण गर जस्ता नारा लगाउदै युवाहरुले सभास्थलमा सभा शुरु हुनु अगावै देखि धर्ना दिएका थिए।
१३ वटा माग राखेका युवाहरुले नगरसभामा आफ्ना माग पुरा नभए अप्रिय घट्ना समेत घट्न सक्ने भन्दै चेतावनी दिएका थिए। कोरोना महामारिका वेला नगरका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जनप्रतिनिधी लगाएतको कोरोना विमा गरिनुपर्ने साथै प्रत्यक वार्डमा २५/२५ वेडको व्यवस्थित आईसोलन अस्पताल हुनु पर्ने, कोरोनाका वेला निशुल्क एम्वुलेन्सको व्यवस्था गरिनु माग युवाहरुले राखेका छन् ।
कोरोनाका कारण वेरोजगार भएका युवाहरुलाई भरपर्दो रआत्मनिर्भर हुने रोजगारको व्यवस्था गरिनुपर्ने, नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गर्नु पर्ने लगाएतका माग उनीहरुले राखेका छन्।
मुख्य वजार सिल हुँदा पनि दिउसै जुवातासका साथै रक्सि पनि विक्रि भई रहेको जनाउदै सो कुरा नगरले तत्काल रोक्नु पर्ने उनीहरुले माग राखे । प्राविधिक शिक्षा सचांलन गरि रहेका विध्यालयलयलाई विशेष अनुदानको व्यवस्था गरिनु पर्ने भन्दै अमरगढी नगरपालिकाका कार्यालय अगाडी युवाहरु नारावाजी गर्दै धर्ना वसेका हुन् ।
नगरभित्र भ्रष्टाचार समेत मौलाइ रहेको युवाहरुको आरोप छ यसको समेत सभाले छानविन गर्नु पर्ने माग राखेका छन । बजेटको ठुलो रकम हिनामिना गर्न कार्यपालिकामा छलफल नै नगरि सम्झौता गरेको विषयमा पनि छलफल गरिनु पर्ने उनिहरुले वताए।
विपन्नसँग मेयर कार्यक्रमका लागि आएको एक करोढ रकम सम्झौताका लागि नगर प्रमुखले २०७७ अषाढ १ गते तोकादेश दिएको खुल्न आएको छ। तर उक्त योजनाको सम्झौता भने एक दिन अगावै अथवा २०७७ जेठ ३२ नै भएको जानकारी थियो। नगरपालिकाको मापदण्ड बिपरित उपभोक्ता समितिमा पदाधिकारीलाई राखी मेयरको ठाडो आदेशमा सम्झौता गरि सार्बजनिक खरिद ऐन, आर्थिक नियमावली र स्थानीय सरकार सञ्चालन ऐन बिपरित करोडौं अनियमितताका प्रमाणहरु रहेको युवाहरुले वताए।