नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको पाल्हीनन्दनमा झरही खोलामा डुवेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी नवलपरासी पश्चिमले दिएको जानकारी अनुसार पाल्हीनन्दन ३ कुश्मा स्थीत झरही खोलामा गुड्डु भनिने १६ वर्षिय मोहमद हसिम मन्सुरीको मृत्यु भएको हो ।
बुधबार दिउँसो डुबेर वेपत्ता भएका मन्सुरीको प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा आधा घण्टा पछि शव फेला परेको थियो ।
मृतक किशोरको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पोस्टमार्टम गरी बुधबार बिहान परिवारजनलाई बुझाइसकेको नवलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।