arrow

छायाँनाथ रारा नगरपालिकाको नगरसभामा नारावाजी र खुर्सानीको धुलो प्रहार

logo
युद्ध बहादुर मल्ल
प्रकाशित २०७७ असार ११ बिहिबार
rara-chhayanath-nagarsabha.jpg

मुगु। मुगु जिल्लाको एक मात्र नगरपालिकाको नगरसभा असन्तृष्ट सदस्यहरुको नाराबाजी विच नै गरिएको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभा बुधबार असन्तुष्ट सदस्यहरुको नाराबाजी विच नगरप्रमुख हरिजंग शाहीले उद्घाटन गरे ।

नगरपालिकाका ७ वटा वडाका वडा अध्यक्ष सहित ३७ जना नगर कार्यपालिका सदस्यहरुले प्रकृयागत रुपमा गएर नगरसभा गरौ भन्दै नारा बाजी गरेका थिए। स्थानिय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितीहरुको बैठक बसाली आधीजसो वडाहरुका योजनाहरु नगरपालिकामा पेश नहुदै मेयरले नगरसभा बोलाएको आरोप असन्तुष्ट पक्षको छ। 

असन्तुष्ट पक्षका मागलाई लिएर बुधबारै विहानदेखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा सहमतीका लागी बैठक बसेको थियो । नेपाली कांग्रेसका जिल्ला सभापती खड्ग बहादुर शाही र नेकपाका स्थानिय नेताहरु मंगल बहादुर शाही र धर्म बहादुर शाहीको उपस्थितीमा नगरप्रमुखले सातौ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरु विच सहमती गर्ने निर्णय भएपछि नगरसभा उद्घाटन गरेपनि सहमतीको उलंघन गदै असन्तृष्ट पक्षले अवरोध र नाराबाजी गरेको नगरप्रमुख हरिजंग शाहीले बताए।

स्थानिय सरकारहरुले असार १० गतेबाट बजेट तथा निती कार्यक्रम ल्याउने प्रकृया शुरु गर्नुपर्ने कानुनी कारणले बाध्य भएर सातौ नगरसभाको प्रकृया शुरु गरेको पनि नगर प्रमुख शाहीले बताए।

यता असन्तुष्ट उपमेयर पक्षहरुले सधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई आफनो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमती, सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमती नगरेर बल मिचाई गरेर नगरसभा उद्घाटन गरेको उपप्रमुख सुन्ताला रोकायाले बताइन।

नगरसभाको लागी प्रकृयामा जान वडास्तरबाट योजना छनौट गरि विषयगत समितिहरुमा पेश गर्न पटक पटक पत्र पठाएको र बैठकमा बोलाएर पनि उपमेयर सहित उनी पक्षिय सदस्यहरु सहभागी हुने तर हस्ताक्षर नगरेर बाहिरिने गरेको नगरपालिकाले बताएको छ। स्रोतका अनुसार नगरपालिकाले आफनो बजेट र निती तथा कार्यक्रम सभामा पेश नगरेपनि नियमित बस्ने सभाको बैठक पेश गरि अनुमोदन गर्ने तयारी छ।

सभा उद्घाटन कार्यक्रममा खुसार्नी प्रहार
सदरमुकामस्थित अनुसा होटेल एण्ड लजको सभाहलमा नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गदै गर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले खुसार्नीको धुलो प्रहार गरेका थिए । नगरप्रमुखलाई लक्षित गरि खुसानी प्रहार गरेपनि खुर्सानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई परेको थियो । खुसानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरसभा संचालन कार्यविधी बमोजिम नगरसभा विथोल्ने मनसायले खुसार्नी प्रहार गर्ने सदस्यलाई नगरसभामा उपस्थित हुन नपाउने गरि कार्वाही गर्ने नगरपािलका स्रोतले जनाएको छ। 



लोकप्रिय समाचार
नयाँ