पाल्पा । तानसेन नगरपालिका–७, लामीडाँडामा वर्षाका कारण घर भत्किएको छ । अविरल वर्षाको कारण लामीडाँडाका खुमबहादुर खत्रीको दुईतले कच्ची घर बुधबार राति भत्किएको प्रहरी नायब निरीक्षक एकबहादुर नेपालीले बताए ।
प्रनानि नेपालीका अनुसार घर भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन ।