arrow

संक्रमितको मृत्यु भएपछि अस्पतालको सेवा बन्द

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
philippines-coronavirus-death.jpg

चिप्लेढुङ्गा । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ  । 

अस्पतालमा उपचारत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए  ।
     
स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा  मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते  पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा  आचार्यका अनुसार बिहिबार शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ । 

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ –३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । 

 बिहिबार बिहान चार जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत संक्रमितमध्ये गण्डकीमा  ९१ जना निको भएर घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ