काठमाडौं । पाकिस्तानले आतंकवादीहरुलाई स्थान दिएर भारतमा लागूऔषध फैलाउनसमेत मद्धत गरेको समाचार बाहिर आएको छ ।
पाकिस्तानले भारतलाई सबैभन्दा ठूलो शत्रु देख्छ । हुँकार ठूलो गरे पनि पाकिस्तान भारतसंग सदैव डराउँछ। यसपटक पनि त्यस्तै भएको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले चीनसंगको तनाव भइरहँदा आफूहरुमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनको डरयुक्त भाषामा पनि ‘यदि त्यस्तो भए हामीले पनि जवाफ दिनेछौं’ भनी प्रतिक्रिया दिएका छन् ।
भारतले बुधबार दिल्लीमा भएका ५० प्रतिशत पाकिस्तानी कर्मचारीलाई हटाउने निर्णय गरेपछि विदेशमन्त्री कुरैशीको यस्तो प्रतिक्रिया आएको हो ।
भारतले ती उच्च अधिकारीहरुले जासुसी गरेको र आतंकवादीसंग सम्पर्क बढाएको आरोपमा हटाउने निर्णय गरेको थियो ।
यस सम्बन्धमा पनि आपत्ति जनाउँदै कुरैसीले ‘यदि यस्तो भए हामीले पनि भारतीय हाइकमिशनका कर्मचारीहरुलाई आफ्नो देश फर्कन भन्नेछौं ।’