काठमाडौं । अमेरिकाले पाकिस्तान अझै पनि आतंकवादीहरुको सुरक्षित रहेको बताएको छ । अमेरिकी विदेश मन्त्रालयको एक रिपोर्टमा पाकिस्तान र आतंकवादीको सम्बन्धबारे चर्चा गरिएको हो ।
यो रिपोर्ट अमेरिकी संसदमा समेत पेश गरिएको छ । जस अनुसार अफगानिस्तान हमलामा हात रहेको तालिबानलाई पाकिस्तानको समर्थन जारी रहेको पनि बताइएको छ ।
पाकिस्तानमा हक्कानी नेटवर्क, लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मद जस्ता आतंकवादी संगठनहरु खुलेआम काम गरिरहेका छन् ।
‘कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१९’ मा पनि पाकिस्तानले आतंकवादी संगठनलाई दिइने कोष र यसलाई नियन्त्रण गर्ने विषयमा कुनै चासो नै नदेखाएको उल्लेख गरिएको छ ।
गत वर्षको फेब्रुअरीमा भारतको पुलवामामा पाकिस्तानी आतंकवादीले ठूलो हमला गरेर ४९ जना भारतीय सुरक्षाकर्मीको ज्यान लिएको थियो ।
पाकिस्तानले ती आतंकवादी समूहलाई कार्वाही गर्नुको सट्टा संरक्षण गरिरहेको दावी अमेरिकाको हो । यसले भारत र अफगानिस्तानका लागि सदैव खतरा गराइरहने पनि अमेरिकाको दावी छ ।