रुपन्देही । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरिएको लकडाउन लामो समयसम्म रहँदा जनजिवनदेखि सवै क्षेत्रहरु प्रभावित वन्न पुगे । अझ भन्नु पर्दा दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका विपन्न वर्गहरु निकै मारमा परे ।
देशभर गत चैत्र ११ गते देखि सरकार द्धारा लकडाउन जारी गरेपछि कोरोना संक्रमणको सन्त्रास नेपालमा पनि झन पछि झन वढ्दै गएपछि लकडाउनलाई पटक–पटक थप गर्दै अवधि वढाउँदै आईरहेका बेला सरकारले पछिल्लो अवधि गत जेठ २० गते निर्णय गर्दै जनजीवनलाई सामान्य वनाउनु पर्ने वाहनामा जनतालाई सरकारी कर वुझाउन जेठ २५ गते भित्र वुझाउन उर्दी गरेपछि एकाएक वजारमा देखिएको चहल पहल पुरानै स्वरुपमा रुपान्तरण हुन पुगेको छ ।
जसका कारण एकातिर दैनिकजसो वढ्दै गएको कोरोना भाईरस संक्रमणले नागरिकहरुमा एक प्रकारको त्रास पैदा भएको बुटवल उप–महानगरपालिका–१ का प्रविण श्रेष्ठले वताए । उनले भने, सरकारले कर तिराउने खेलमा जनतालाई महामारी कोरोना भाईरसको चक्रव्यूँईमा डुवाउन खोजेको जिकिर गरे ।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओले) जारी गरेको सावधानीलाई पुर्ण रुपमा व्यवास्ता गर्दै मानिसहरुको वजारमा वढेको चहलपहलले कुनै भयावह स्थिती ल्याउन सक्ने बुटवलका एक मेडिकल पर्सन भरत नेपालीको भनाई छ । उनी भन्छन्, सरकार र जनतालाई भाईरस भनेको के हो ? भन्ने कुराको हेक्का र महामारीले निम्त्याउ सक्ने खतरालाई गैरजिम्मेवार पूर्वक लिएको वताउँछन् ।
यता बुटवलको हकमा विहान ९ वजे देखि साँझ ५ वजे सम्म वजार खुल्ला राख्ने सर्तसहित खुकुलो पारिएको लकडाउनलाई धेरैले पालना नगरेको पाइएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । जसले गर्दा संक्रमणको खतरा पनि बढेको वताएको छ ।
जनताहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्थालाई मध्यनजर गर्दै, आर्थिक गतिविधि सञ्चालन गर्नु पाउनु पर्ने व्यवसायीहरुको माग रहेको छ, भने सामाजिक दुरी कायम, मास्क र स्याईटाईजरको प्रयोग जस्ता कुरालाई अनिवार्य गर्नुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरुको भनाई छ ।
अधिकांश बजार, पसल, बैंक, वित्तीय संस्था र निर्माण क्षेत्र खुलेपनि मास्क र शारीरिक दूरी कायम नगरेको पाईएको छ । लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डा.राजेन्द्र खनालले कोरोना संक्रमण अन्त्य भएझैं सामान्य स्वास्थ्य सतर्कता नअपनाउनुले जोखिम भित्रिन सक्ने बताएका छन् ।