arrow

उपचारका क्रममा मृत्यु भएकी महिलामा देखियो कोरोना

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
woman-dead-body.jpg

दाङ । दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्र्ट पोजेटिभ आएको हो । 

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । 

गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको  प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्धार गरी अस्पताल लगिएको थियो ।



लोकप्रिय समाचार
नयाँ