arrow

काठमाडौँमा तीनसहित पाँच सय ९३ जना नयाँ संक्रमित थप

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
corona-test-nepalgunj.gif

काठमाडौं । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शुक्रबारयहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

काठमाडौँमा थप तीन जना पुरुषमा संक्रमण पुष्टी भएको छ । योसँगै संक्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् ।

 मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा यो भाइरस फैलिसकेको छ । 

यस्तै बितेका २४ घण्टामा आठ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उनले बताए ।  योसँगै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ