'एमसीसी कहिले प्रस्तुत गर्ने सरकारमा बस्नेहरुकै जिम्मा'
प्रकाशित २०७७ असार १२ शुक्रबार
108
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान २०७२ ले व्यवस्था गरे विपरीत कानून निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुन्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन्।
प्रतिष्ठानको संयोजनमा कांग्रेसका जिल्ला सभापतिसँग शुक्रबार गरिएको ‘जुम’ अन्तरसंवाद कार्यक्रममा उनले कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन भन्ने संविधानवादको मान्यता भएको बताए ।
उपसभापति निधिले भने, “संयुक्त राज्य अमेरिकी सहयोग, एमसीसी सम्झौताबारे कांग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको छ । तर सरकारले संसद्मा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय हो ।”
कार्यक्रममा जिल्ला सभापतिहरुसँग कोरोना संक्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयकजस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो ।