arrow

जनकपुरका मेयर साहले फर्जी हस्ताक्षर गराएर सकाए नगरसभा, बिरोधमा वडा अध्यक्षहरुको प्रदर्शन

कार्यपालिका सदस्यहरुलाई मेयर लालकिशोर साहले किन्ने प्रयास गरेको वडाध्यक्षहरुको आरोप

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार १३ शनिबार
protest-against-janakpur-ma.jpg

जनकपुर। प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको ५औं नगरसभा अवैधा तरिकाले गरिएको भन्दै असन्तुष्ट वडाध्ययक्षहरु सडक संघर्षमा उत्रेका छन् ।

केहि महिनादेखि मेयर लालकिशोर साहको कार्यशैलीसँग रुष्ट वडा अध्यक्षहरुले विरोधका बीच नगरसभा गराएको बताएका मेयर साह बिरुद्ध संघर्षमा उत्रिएका हुन।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले गैर-वैधानिक तरिकाले नगरसभा गरेकोले आफूहरु बाध्य भएर सडक आन्दोलन गर्न लागेको वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए।

असन्तुष्ट वडाध्यक्षहरुले नगरसभाको विरोधमा प्रदर्शन गर्दै पत्रकार सम्मेलन पनि गरे। आफूहरुको बहुमत हुँदाहुँदै पनि मेयर साहले आफ्नो भ्रष्टाचार लुकाउनकै लागि फर्जी हस्ताक्षर गराएर नगरसभा सकाएको वडा अध्यक्षहरु आरोप लगाए।

पत्रकार सम्मेलनमा उपस्थित जनकपुरधाम वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि वडाध्यक्ष तथा वडा सदस्य र कार्यपालिका सदस्यहरुलाई मेयर लालकिशोर साहले लाखौं लाख पैसाको लोभ देखाइ किन्ने प्रयास गरेको बताए।

नगरसभा नहुने देखेपछि मेयर साहले मान्छे खटाएर पैसाको लोभ देखाइ किन्ने प्रयास गरे, कति त त्यो प्रलोभनमा पनि फसे तर अधिकांश हाम्रै पक्षमा रहेको सिंहले बताए।

जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष जानककीराम साहले आफूहरुले नगरसभा गराउनका लागि लचकता अपनाए पनि मेयर साहले आफूहरुसंगको वार्तामा पनि हैकमवादी चरित्र देखाएको बताए ।

त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साहले भने चालु आर्थिक वर्षको हिसाब सार्वजनिक गर्न मात्रै भनेपनि मेयर साहेब तयार नभएको बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष मनोज साहले मेयर लालकिशोर साहलाई यदि नगरसभाको पक्षमा बहुमत पुुगेको छ भने आफूहरू त्यसको सम्मान गर्दै पछाडि हट्ने भनेको नभए नगरसभालाई अवैधानिक घोषणा गर्न माग गरे।  

जनकपुरधाम वडा नम्बर १०का वडा सदस्य अमर मण्डलले आफू अचेत रहेको अवस्थामा हस्ताक्षर गराइएको बताए । 



लोकप्रिय समाचार
नयाँ