यो राष्ट्रमा मात्र दुई राजनीतिक पार्टी होस्,
एउटा सत्ता पक्ष अर्को जिम्मेवार प्रतिपक्ष ।
राष्ट्रप्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित होऊन,
सानो तर सक्रिय मन्त्रीमण्डल होस्,
जसमा सम्बन्धित बिषयका बिज्ञ रहून ।
चुस्त दुरुस्त कर्मचारीतन्त्र होस् ,
शक्तिशाली स्थानिय तह भएको,
मात्र दुई तहका सरकार होस् ।
विश्वसनीय, जवाफदेही प्रशासन होस् ।
कोहि भीआइपी नहोऊन यहाँ ,
मात्र होऊन जनसेवक ।
निशुल्क होस् शिक्षा र स्वास्थ्य ,
पर्याप्त होस् खानेपानी र बिजुली ,
तर न्युनतम होस् महसुल ।
हरेक नागरिक अनुशासित, कर्मशिल होऊन,
फुर्सदिलो कोहि नहुन यहाँ, सबै श्रमजीवि रहुन ।
जताततै रेल, मेट्रो, केवल कार कुदुन ,
मनग्गे होस् सस्ता सार्बजनिक सवारी ,
अनि नदेखियोस कतै निजि गाडी ।
छिमेकीले सदा सर्बदा साथ देओस,
यो राष्ट्रको उन्नतिमा उनीहरुको पनि हात रहोस् ।