इलाममा क्वारेन्टाइनका पाँचजनामा भेटियो कोरोना संक्रमण
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १३ शनिबार
97
Shares
इलाम। इलाममा शनिबार पाँच जना कोरोना संक्रमित थपिएका छन्। बिभिन्न देशबाट आई जिल्लाका क्वारेन्टाईनमा बसेका मध्ये थप जनाको रिर्पोट पोजेटिभ आएको हो ।
शनिबार थपिएका संक्रमित मध्ये ४ जना ओमन र १ जना भारतबाट आई क्वारेन्टाईनमा बसेका हुन्। भारतबाट आएर सूर्योदय नगरपालिका २ का पशुपतिनगर क्वारेन्टाइनमा बसेका २७ बर्षीय पुरुष, ओमनबाट आएर सूर्योदय नगरपालिका ३ का ३० बर्षीय पूरुष, सोही वडाका २८ बर्षीय पुरुष, इलाम नगरपालिका ८ का ४८ बर्षीय पुरुष र साउदीबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको सूर्योदय नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए।
ओमनबाट आएका सबै कन्यामको क्वारेन्टाइनमा रहेका छन् । ओमनबाट आई क्वारेन्टाईनमा रहेका ४ जना पोजेटीभलाई शनिबार नै मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वबिद्यालयको अस्पतालमा उपचारको लागि लगिएको छ । उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परीक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाइएको थियो ।
थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएका छन् ।