पति प्रकाशलाई १ बर्षको छोरा छोडेर घाँस काट्न गएकी गीताको भीरबाट लडेर मृत्यु
प्रकाश बम,
प्रकाशित २०७७ असार १३ शनिबार
113
Shares
डोटी। डोटीमा घाँस काट्ने क्रममा भीरबाट चिप्लेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सायल गाउँपालिका ५ सुनिपाडाकि २० वर्षीया गिता लुहार रहेकी छन्।
शनिबार विहान साढे नौ बजेतिर जंगलमा घाँस काट्न जाँदा चिप्लेर लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारि तथा प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर मल्लले हाम्राकुरालाइ जानकारी दिए।
मृतक युवतीको पोष्टमार्टमका लागि शवलाइ सिलगढी ल्याइएको मल्लले जानकारि दिए । मृतकका श्रीमान प्रकाश लुहार भारतमा काम गर्दै आएका छन्।
भारतबाट घर फर्केका उनका श्रीमान ४ दिन अगाडि मात्रै क्वारेन्टाइनबाट घर फर्किएका थिए। उनका एक वर्षका छोरा छन्। छोरालाई पतिको साथ छोडेर घाँस काट्न गएकी उनको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ।