arrow

बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा 

logo
प्रकाशित २०७७ असार १४ आइतबार
Ebh5izqWkAYnqhU.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । 

शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।

रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । 

बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे ।

शीर्ष स्थानमा पुगेको बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । तर एक खेल कम खेलेको रियाल मड्रिडको ६८ अंक छ । 

रियालले आइतबार राति स्पानियोलसंग उसैको मैदानमा खेल्दैछ । स्पानियोल जारी सिजनको सबैभन्दा कमजोर टिम हो । 



लोकप्रिय समाचार
नयाँ