स्याङ्जा । अत्यधिक बर्षाकारण शनिबार राति आएको पहिरोका कारण गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए ।
घटना घटे लगत्तै गाउलेले उद्घारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो ।
यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी बताए ।
घटनास्थलमा प्रहरी जादै गरेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक बिमलराज कडेलले जानकारी दिए ।