arrow

महाकाली सन्धिबारे एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस् – वामदेव गौतम

logo
प्रकाशित २०७७ असार १४ आइतबार
bamdev-gautam.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेतृत्वलाई महाकाली सन्धिको बारेमा स्पष्ट पार्न आग्रह गरेका छन् । 

नेकपाको बालुवाटारमा बसेको स्थायी कमिटि बैठकका क्रममा शनिबार उनले त्यतिबेला गल्ती भएको भनी अहिले निर्णय गर्न पनि आग्रह गरेका छन् । 

महाकाली सन्धिको विरोध गर्दा वामदेवसहित १६ जना एमालेका नेताहरु त्यतिबेला पार्टीबाट हटाइएका थिए । 

गौतमले शनिबार के के भने ? 
१, पार्टीको निर्णय र सर्वदलीय सहमतिमा भारत द्वारा अतिक्रमित नेपाली भूमी कालापानी लिपुलेक र लिम्पिया धुरा समेत समेटिएको नेपालको नयां नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार , सवै राजनितिक पार्ट दुवै सदन,र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद 
वधाई र आभार प्रकट गर्छु। 
२, सिंगो राष्ट्रलाई एकतावद्धगरि अतिक्रमित भूमिसहितको नेपालको नयां नक्सा जारीगरेर यो संघर्षमा ९९प्रतिशत विजय हासिल भएकोछ। भारतीय सेनाा नेपालीभूमिवाट हट्दासाथ हामीले१००प्रतिशत विजय हासिल गर्नेछौं। 
३, यसै सनदर्भमा गरिएको महाकालीनदीको एकिकृत विकास संवन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकों ह्वीप उल्लंघन गरेको आरोपमॉ म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो। पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोप सहीत पार्टी वाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस। 
४, अव ढिला नगरि नेपाल भारत विच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेसाज्ञा प्रणाली लागुगर्नु पर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ।
५, हाम्रा दुवै छिमेकी राष्ट्र संग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नु पर्छ।
 



लोकप्रिय समाचार
नयाँ