नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका - २ चिसापानीको क्वारेन्टाइनमा रहेका एक ४५ वर्षीया पुरुषको मृत्यु भएको छ ।
गए राती करिव २ बजेको समयमा उनको अवस्था गम्भिर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
उपचारकै क्रममा उनको विहान ५ बजेको समयमा मृत्यु भएको बर्दघाट नगगगरपालिका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए ।
बर्दघाट २ चिसापानीकै ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर चिसापानी दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।
उनी पहिल्यै देखि ब्लेड प्रेसर र मुटुको विरामी समेत भएको शर्माले बताए । उनमा कोरोना भए वा नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको बर्दघाट नगरपालिकाले जनाएको छ ।
पिसिआर रिपोर्ट आएपछि मात्र उनको मृत्यु कोरोनाकै कारण हो वा अन्य कारण हो भन्ने पुष्टि हुनेछ ।