रुपन्देही । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका लाल वहादुर विक उमेरले २८ वर्ष पुगे । उमेरका हिसावले जवानीको रहेक ईच्छा संग खेल्दै खुसी साट्ने वेला तर उनी निकै दुखी जीवन संग लड्न विवश छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उनको जीवनमा खुसीको आकास मढारिन पुगेको छ ।
सामान्य परिवारमा जन्मिएका विक केही वर्ष पहिले रोजगारीको शिलशिलामा तेस्रो मुलुक गएको र त्यहाँको वसाई पछि पुन. भारत पसेका उनीमा जीवनकै खुसी गुमाउन पुगे । काम गर्ने र कहिलेकाँही दुखाईको औषधी सेवन गरेर रोजगारीमा तल्लिन उनी त्यसपश्चात् विरामी परेपछि भारतकै एक अस्पतालमा जाँच गर्दा चिकित्सकले दुवै मृगौलाले काम गर्न छाडेको वताएको मृगौला पिडित विकको भनाई छ ।
स्वास्थ्य जाँच पश्चात् थप स्वास्थ्य अवस्था जटिल वन्दै गएपछि उनी अन्ततः स्वदेश फर्केको वताउँदै, आफुले कमाएको र गाउँका वैदेशिक रोजगारीमा गएका केही आफन्त र साथीहरुले गरेको आर्थिक सहयोगले करिव २ वर्ष सम्म औषधी गरेको वताए । चिकित्सकको सल्लाह अनुसार ३ वर्ष यता देखि डायलासिस गर्न थालेको पिडित विक वताउँछन् ।
तर पछिल्लो समय उनलाई निःशुल्क उपलब्ध गराईएको डायलासिस सेवा लिन समेत निकै गाह्रो भएको मृगौला पिडित विकी धर्मपत्नी सुनिता विकको भनार्ई छ । उनी भन्छिन्, निःशुल्क डायलासिस सेवा लिन जाँदा आउने जाने, औषधी र रगत चढाउनु पर्ने खर्च समेत नभएकाले धेरै पटक पैदल पनि अस्पताल पुर्याएको वताईन् ।
आर्थिक स्थिती कमजोर भएका उनले हाल सम्म आफुले कमाएको र सहयोग गरी झण्डै ३० लाख रुपैयाँ खर्च गरेको र अहिले चिकित्सकले उमेर भएकाले डायलासिस वाट भन्दा पनि मृगौला फेर्न सुझाव दिएकाले (हाम्रा कुरा डटकम) संगको कुराकानीमा आफ्नो मृगौला प्रत्यारोपनका लागि चिकित्सकको भनाई अनुसार १० लाख रुपैयाँ लाग्ने भएकाले सहयोग जुटाएर जीवन वचाईदिन याचना गर्दै, आफु वाँच्न चाहेको वताए ।
गुल्मीमा डायलासिस गर्ने सुविधा नभएकाले डायलासिस गर्नका लागि अहिले बुटवल उप–महानगरपालिका वडा नं. ११ प्रगतीनगरमा वस्दै आएका विकलाई हप्तामा ३ पटक डायलासिस गर्नु वताईएको छ । एक पटक डायलासिस गर्न जाँदा कम्तीमा १ हजार देखि वढीमा २ हजार सम्म लाग्ने गरेको र यता कोठामा वसेर कोठा भाडा र खानाको लागि जोहो कहाँ वाट गर्ने भन्ने चिन्ताले कहिलेकाँही विष सेवन गरेर परिवारले नै मृत्युवरणको वाटो रोजौं कि जस्तो लाग्ने गरेको धर्मपत्नी सुनिताले दुखेसो पोखिन् ।
सुनिताले भनिन् पहिले बुटवलको आम्दा अस्पतालमा काम गर्थे, अहिले त्यही पनि काम गर्न छुट्यो, हप्तामा ३ पटक डायलासिस गर्नुपर्ने र श्रीमानको रेखदेखले गर्दा काम गर्न नपाउँदा अव कसरी वाँच्ने भन्ने चिन्ता वढेको वताउँदै, कोरोना कहरमा जारी गरिएको लकडाउनले थप अवस्था नाजुक वनेपछि विभिन्न व्यक्तिहरुले दिएको सहयोगले दैनिकी टारेको सुनाईन् ।