arrow

पौडी खेल्न गएका शेख हराए

logo
प्रकाशित २०७७ असार १४ आइतबार
water-kill.jpg

रौतहट । राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । 

नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ बजे बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताए । 

शेख फिरोजसँगै नदीमा बेपत्ता भएका र सोही ठाँउका ३० वर्षीय हजारी मियाँलाई घटनास्थलबाट ३०० मिटर पर जिवितै उद्धार गरिएको प्रहरी नायब निरीक्षक गुप्ताले बताए ।



लोकप्रिय समाचार
नयाँ