काठमाडौं । भारतमा पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी २४ घण्टामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।
आइतबार १९ हजार ६२० संक्रमित थपिएकामा सोमबार १८ हजार ३३९ जना थपिएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ६७ हजार ५३६ पुगेका छन् ।
निको हुने पछिल्लो २४ घण्टामा १३ हजार ४९७ पुगेका छन् । अहिलेसम्म निको हुने ३ लाख ३५ हजार २७१ पुगेको छ । निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ ।
मृतकको संख्या १६ हजार ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१७ मृतक थपिएका छन् ।
कुरा राज्यमा कस्तो ?
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २५७ जना संक्रमित थपिएका छन् । संक्रमिमत १ लाख ६९ हजार ८८३ पुगेको छ । पृतक १८१ थपिएर ७ हजार ६१० पुगेको छ ।
तमिलनाडुमा ३ हजार ९४९ थपिएर ८६ हजार २२४ पुगेको छ । मृतक ६२ थपिएर १ हजार १४१ पुगेको छ ।
दिल्लीमा २ हजार ८४ नयाँ संक्रमित थपिएर ८५ हजार १६१ पुगेका छन् । मृतक ५७ थपिएर २ हजार ६८० पुगेका छन् ।