काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा संवोधन गर्दैछन् । मोदीले मंगलबार अपरान्ह ४ बजे संवोधन गर्न लागेका हुन् ।
कोरोना भाइरसको सन्दर्भमा उनले छैटौं पटक सम्वोधन गर्न लागेका हुन् । उनले गत मार्च १९ मा पहिलो संवोधनका क्रममा जनता कर्फ्युको घोषणा गरेका थिए ।
मार्च २४ को दोस्रो संवोधनमा २१ दिन लकडाउन गरेका थिए । अप्रिल ३ मा गरिएको तेस्रो संवोधनमा उनले दीपबत्ती बाल्न अपिल गरेका थिए ।
अप्रिल १४ को संवोधनमा उनले लकडाउन–२ को घोषणा गरेका थिए । १२ मेमा उनले २० लाख करोड भारुको आर्थिक प्याकेजको घोषणा गरेका थिए भने लकडाउन ४.० को घोषणा गरेका थिए ।
अहिले कोरोनाको संक्रमण चरमोत्कर्षमा पुगेको सन्दर्भमा उनले दिन खोजेको सन्देश प्रतिक्षारत रहेको भारतीय संचारमाध्यमले लेखेको छन् ।