काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले तरुण विभागमा केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
पहिलो चरणमा तनहुँका पूर्णबहादुर गुरुङ, लमजुङका धिरबाबु परियार र सिन्धुपाल्चोकबाट पासाङ नुर्पु शेर्पालाई तरुण विभागको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
गुरुङ तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन् भने परियार लमजुङका पुराना नेता तथा पार्टीका पूर्व महाधिवेशन प्रतिनिधि हुन् ।
शेर्पा सिन्धुपाल्चोक तरुण नेता हुन् ।