काठमाडौं । चीनले कट्टर मुस्लिम देशमा रहेर उक्त देशका नागरिकलाई नै नमाज पढ्न प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले पाकिस्तानी कर्मचारीलाई कार्यालय समयमा नमाज पढ्न प्रतिबन्ध लगाएको हो ।
यसको पाकिस्तानमा विरोध पनि भएको छ । पाकिस्तानी एक धर्मगुरुले पाकिस्तानीहरुलाई चिनियाँ उक्त कम्पनीलाई स्थानीय कानुनको पालना गर्नु पर्ने कुरा बताउन आग्रहसमेत गरेका छन् ।
उनले पाकिस्तानमा चिनियाँ कम्पनीहरूले नमाज पढ्न लगाएको नियमको विरोधमात्र गरेका छैनन् पाकिस्तानीहरुलाई चिनियाँ विरुद्ध खडा हुन आग्रहसमेत गरेका छन् ।
उनले पाकिस्तान उनीहरुको देशसंग सम्बन्धित नरहेको भन्दै चिनियाँहरुे पाकिस्तानी स्थानीय कानुन मान्नुपर्ने बताएका छन् ।
नमाजलाई इस्लामका पाँचवटा खम्बामध्ये एक मानिन्छ । यसमै प्रतिबन्ध लगाउने चिनियाँको दुस्साहस विरुद्ध लड्न पाकिस्तानी धर्मगुरुले आव्हान गरेका हुन् ।
भिडियोमा उनले भनेका छन्, ‘हामी नमाजलाई वेवास्ता गर्न सक्दैनौं । मानिसहरु उनीहरु आफ्नो जागिर गुम्ने चिन्ताले डराउँछन् । तर यो अब हाम्रो लागि आत्मसम्मानको कुरा भएको छ ।
पाकिस्तानका लागि चीन ठूलो सहयोगी देश हो । चीनले दीर्घकालीन सोचसहित पाकिस्तानमा लगानी गर्दै आएको छ । तर चिनियाँबाट आएको यो नयाँ नियम भने आश्यर्चजनक भइरहेको छ ।
पाकिस्तानमा रहेका कम्पनीहरुमा चीनले इस्लामिक अभ्यासको दमन गर्न खोज्नु र चीनमा रहेका मुस्लिमहरुलाई आक्रामक दमन गर्नुले चीन सिंगो विश्वभरको मुस्लिम समुदायका लागि भने तारो बन्दै गएको बुझ्न सकिन्छ ।