काठमाडौं। गत शनिबार रुपन्देही, सिन्धुली लगायतका जिल्लामा देखा परेको सलह मंगलबार काठमाडौं आइपुगेको छ। मंगलबार बालाजु म्हैपीको आकाशमाथि उडिरहेको व्यहाँका स्थानीयले देखेर हाम्राकुरालाई खबर गरेका हुन्।
म्हैपीमा व्यवसाय गर्दै आएका कृषी उद्यमी एवं नेपाल च्याम्बर अफ कमर्सका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठले म्हैपीको आकाशमाथि सलह किरा उडिरहेको बताए। काग उड्ने भन्दा माथि र चील उड्ने तहमा देखिएको सलह उत्तरपूर्वतर्फ गएको देखिएको बताए।
सांझको समयमा (सुर्यास्त)पछि खेतबालीमा नबस्ने उक्त किरा आफ्नो बासस्थानको खोजीमा काठमाडौंको उत्तरपूर्वतिर गइरहेको अनुमान गरिएको छ। सुर्यास्त पछि र बिहान घाम नलागकिनै कृषिबालीमा नबस्ने सलहको बासस्थान पत्ता लागेपछि सरकारलाई सम्पर्क गर्न कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।
अहिले साँझको समयमा आकाशमा उडिरहेको सलह किरालाई हेरिराख्दा त्यसको बासस्थान पत्ता लाग्न सक्ने र बासस्थानमा त्यसलाई नष्ट गर्न सजिलो हुने छ।
सलह किरा खेतबालीमा समेपछि त्यसले ठुलो परिमाणमा बाली नष्ट गर्ने गरेको छ। त्यसैले सलह किराको बारेमा जानकारी पाएमा त्यसलाई नष्ट गर्नका लागि सरकारलाई खबर गर्न सरकारले अनुरोध गरेको छ। त्यसको लागि कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले हटलाइन नम्बर समेत सञ्चालनमा ल्याएको छ।