arrow

कोभिड–१९: ३१६ जना संक्रमित, पाँच सय बढी संक्रमित सात जिल्लामा

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
corona-brefing-mohp.jpg

काठमाडौं। सोमबारको तुलनामा मंगलबार कोभिड–१९ का संक्रमितको संख्यामा कमि आएको छ। सोमबार ४७६ जनामा देखिएको कोरोना संक्रमण मंगलबार ३१६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा संक्रमण देखिएको बताए । सोमबार ११२ जना महिला र ३६४ पुरुष गरी कूल ४७६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ र महिला एक हजार ६५७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमले ५ सय भन्दा बढी संक्रमित हुने जिल्ला सात वटा रहेको बताए । उनका अनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख र कैलाली रहेका छन् । 

यसैगरी विगत २४ घण्टामा ६० जना कोभिड १९ मुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार १९४ पुगेको छन् । तीमध्ये महिला २७७ र पुरुष दुई हजार ९१७ रहेका छन् । 

मंगलबार डिस्चार्ज हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष रहेका छन् । 

यस्तै जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट  एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएका छन् । 



लोकप्रिय समाचार
नयाँ