arrow

स्याङ्जामा एकैदिन १८ जुवाडे पक्राउ

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७७ असार १६ मंगलबार
juwa-ko-khal.jpg.jpeg

स्याङ्जा। स्याङ्जामा एकैदिन दुई छुट्टा छुट्टै ठाँउबाट तास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर १ नारायणथानस्थित अगन्धर अधिकारीले सञ्चालन गरेको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

खाजाघरका सञ्चालक अधिकारी सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुको साथबाट आठ हजार पाँच सय ३० रुपैया नगद बरामद गरिएको प्रहरीको भनाई छ।

त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्वर १ कै नारायणस्थानस्थित राजन श्रेष्ठले भाडामा लिई संचालन गरेको शशी खाजाघरमा जुवातास खेलिरहेका ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५९ हजार आठ सय ३५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्याय स्याङजाका प्रबक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । 

पक्राउ परेका सबैलाई “सार्बजनिक हित, स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा कसुर” सम्वन्धी मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । 



लोकप्रिय समाचार
नयाँ