काठमाडौं । विश्वभर कोरोना भारइस संक्रमितको संख्या घट्नुको सट्टा बढ्दै गएको छ । यसले अमेरिका, बेलायत लगायतका देशलाई चिन्तामा पारेको छ ।
यी देशहरुले पुनः लकडाउन लगाउने विषयमा सोचिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
विश्वभर अहिलेसम्म १ करोड ५ लाख ७७ हजार ७५६ कोरोना संक्रमित भएका छन् । मंगलबार १ लाख ७४ हजार २६४ जना संक्रमित थपिएका छन् ।
मृतक ५ लाख १३ हजार १८६ पुगेका छन् भने मंगलबार ५ हजार ७२ जनाको ज्यान पुगेको छ ।
सोमबार १ लाख ६१ हजार ५७० जना संक्रमित थपिएका थिए भने मृतक ३ हजार ४२५ थपिएका थिए ।
आइतबार १ लाख ६४ हजार ३२७ जना संक्रमित थपिँदा मृतक ३ हजार ४६८ थपिएका थिए ।
अमेरिकामा पनि संक्रमितको दर बढ्दै गएको छ । आइतबार ४० हजार ५४० थपिएका थिए । सोमबार ४४ हजार ७३४ जना संक्रमित थपिएका थिए भने मंगलबार ४६ हजार ४२ जना थपिएका छन् ।
निरन्तर संक्रमित बढेपछि अमेरिका त्रासमा छ । राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी अभियानमा लागेर जनभेला गरेपछि संक्रमण झन् फैलिएको दावी हुन थालेको छ ।
मंगलबार मृतक ७६४ जना थपिएका छन् । अहिलेसम्म अमेरिकामा २७ लाख २७ हजार ८५३ संक्रमित भएका छन् । मृतक १ लाख ३० हजार १२२ जना पुगेका छन् ।
दोस्रो स्थानको ब्रजिलमा ३७ हजार ९९७ जना संक्रमित थपिएका छन् । संक्रमित १४ लाख ८ हजार ४८५ पुगेका छन् । मृतक १ हजार २७१ जना थपिएका छन् । मृतक ५९ हजार ५९ हजार ६५६ पुगेका छन् ।
तेस्रो स्थानको रुसमा ६ हजार ६९३ जना संक्रमित थपिएर ६ लाख ४७ हजार ८४९ पुगेका छन् । १५४ जना मृतक थपिएर ९ हजार ३२० पुगेका छन् ।
चौथो भारतमा १८ हजार २५६ जना संक्रमित थपिएर ५ लाख ८५ हजार ७९२ पुगेका छन् । मृतक ५०६ जना थपिएर १७ हजार ४१० पुगेका छन् ।
बेलायतमा ६८९ संक्रमित थपिएर ३ लाख १२ हजार ६५४ पुगेका छन् । मृतक १५५ थपिएर ४३ हजार ७३० पुगेका छन् ।
स्पेनमा ३०१ थपिएर संक्रमित २ लाख ९६ हजार ३५१ पुगेका छन् । मृतक ९ थपिएर २८ हजार ३५५ पुगेका छन् ।
पेरुमा १७३ जना मृतक थपिएका छन् भने संक्रमित २ हजार ८४८ थपिएका छन् । चिलीमा ३ हजार ३९४ जना संक्रमित थपिएका छन् । मृतक ११३ थपिएका छन् ।
मेक्सिकोमा ३ हजार ८०५ जना संक्रमित थपिँदा ४७३ मृतक थपिएका छन् ।
अष्ट्रेलियामा समेत संक्रमितहरु बढ्न थालेपछि लकडाउन लगाउनेबारे सोचिरहेको बताइएको छ । कोरोना नियन्त्रणमा आइसकेको दावी गरेको अष्ट्रेलियामा मंगलबार मात्रै ६९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ ७ हजार ८३६ संक्रमित पुगेका छन् ।
१०४ जनाको ज्यान गइसकेको छ । सोमबार पनि ८१ जना संक्रमित थपिएका थिए ।