arrow

मेस्सीको सात सयौं गोल, बार्सिलोना बराबरीमा  

logo
प्रकाशित २०७७ असार १७ बुधबार
messi-penalty-700-goal.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना लगातार दोस्रो बराबरी खेल्दै उपाधि होडबाट टाढिँदै गएको छ ।

यसअघि सेल्टाभिगोसंग २–२ गोलको बराबरी खेलेको बार्सिलोलानाले मंगलबार राति पनि एट्लेटिको मड्रिडसंग २–२ गोलको बराबरी खेलेपछि शीर्ष स्थानको रियाल मड्रिडभन्दा पछाडि परेको हो । 

घरेलु मैदानमा डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले अग्रता लिने अवसर पायो । 

साउल निग्जेजले पेनाल्टी गोल गर्दै बराबरीमा ल्याए । लियोनल मेस्सीले पेनाल्टी गोलमै २–१ को अग्रता बनाएर बार्सिलोनालाई जित नजिक पुर्याउँदा अर्को पेनाल्टीमा साउलले बराबरी गोल गरे । 

निकै महत्वपूर्ण खेलमा मेस्सीले थप गोल गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकियो । ३३ खेलबाट बार्सिलोनाको ७० अंक भएको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ७१ अंक छ । रियालले ३३ औं खेलमा घरेलु मैदानमा गेटाफेसंग खेल्नेछ । 

यो खेल जित्दा रियालले ४ अंकको स्पष्ट अन्तर बनाउने छ । अन्तिम चरणमा आइपुग्दा बार्सिलोना अताल्लिएको छ । 

मेस्सीको सात सयौं गोल
खेलमा लियोनल मेस्सीले एक गोल गर्दै ७ सय गोलको कोशेढुङ्गा पार गरे । 

मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरेका हुन् । 

बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि सो गोलको कोशेढुङ्गा पार गरेका हुन् । 

पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पूरा गरे ।



लोकप्रिय समाचार
नयाँ