काठमाडौं । भारतको केन्द्र शासित राज्य जम्मू–कश्मीरमा आतंकवादी हमला भएको छ । जम्मूकश्मीरको सोपोरमा भएको आतंकवादी हमलामा सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफका ३ जवान र एक जना सर्वसाधारण घाइते भएका छन् ।
पुलिसले पनि जवानहरु घाइते भएको पुष्टि गरेको छ । तर संख्या बताइएको छैन । इलाकालाई घेराबन्दी गरेर आतंकवादीलाई खोज्ने क्रम जारी रहेको बताइएको छ ।
सुरक्षा फोर्समाथि आक्रमण गरेको ६ दिनमा यो दोस्रो घटना हो । यसअघि गत शुक्रबार अनन्तनागको बिजबेहडामा सीआरपीएएफको पार्टीमाथि आक्रमण भएको थियो ।
आक्रमणमा एक सुरक्षाकर्मीको मृत्यु हुँदा ५ वर्षको बालको पनि ज्यान गएको थियो ।