arrow

सुनचाँदीका गरगहना परिक्षण तालिम संचालन

logo
प्रकाशित २०७७ असार १७ बुधबार
gold-jewellery.jpg

काठमाडौं। भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम सुरु भएको छ। मंगलबारबाट सुरु भएको तालिम पाँच दिनसम्म चल्ने सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शंभुप्रसाद मरासिनिले अहिलेको यस्तो कठिन परिस्थितिमा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गरे। तालिमले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको उनले बताए । तालिमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने भन्सार कार्यालय जस्तो मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको तालिमले आर्थिक वृद्धिलाई धेरै सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताए। उनले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउदै महासंघका प्रदेश र जिल्लासंघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताए। सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्धबहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताए।
 



लोकप्रिय समाचार
नयाँ