arrow

मध्यरातमा रेश्माले गरिन् श्रीमान्‌को हत्या

logo
प्रकाशित २०७७ असार १७ बुधबार
dead2.jpg

रुकुम पूर्व । रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्‌को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्‌को ज्यान गएको हो ।  सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

 पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्‌लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । 

उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।  

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । 

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ । 



लोकप्रिय समाचार
नयाँ