arrow

स्वास्थ्य अधिकारका लागि अनसनरत व्यक्तिहरुको जीवनरक्षाको आग्रह

logo
प्रकाशित २०७७ असार १७ बुधबार
NHRC-logo.jpeg

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने माग सहित अनसनरत व्यक्तिहरुको जीवनरक्षाको लागि आग्रह गरेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड१९ बाट नेपाल समेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि नेपाल सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै पाटन दरबार क्षेत्रमा सुजान गुरुङ्ग, सुवानी सिजापती लगायतका व्यक्तिहरु ६ दिनदेखि आमरण अनसनमा बसेको तथा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताको लागि पहल गरी पाऊँ भनी राष्ट्रिय मानव अधिकार आयोगमा परेको उजूरीप्रति आयोगको ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ । सो क्रममा अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल लगेको पाइएको छ  भने अर्का एक व्यक्ति ६ दिन देखि आमरण अनसनमा रहेको पाइएको छ । रिजा राउत, पुकार बम, गम्भीरजंग कार्की र सुनिता तामाङ्ग रिले अनसनमा रहेको र निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको बताएको छ ।

‘अतः अनसनरत व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । साथै आफ्ना विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा कोभिड१९ को रोकथामका लागि नेपाल सरकारले लागू गरेका मापदण्डहरुको प्रभावकारी पालना गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दछ’ प्रेस ज्ञप्तिमा भनिएको छ ।

  



लोकप्रिय समाचार
नयाँ