arrow

ओली सरकार ढल्ने हल्ला चलेसगैं सेयर मार्केट बुलिस ट्रेन्डमा

७५ अंकले बुलिस ट्रेन्डमा सेयर बजार उक्लिएसगै सर्किट ब्रेक लागेर कारोवार बन्द 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १७ बुधबार
oli-stock.jpg

काठमाडौं। लकडाउनको कारण लामो समय बन्द रहेर खुलेको सेयर बजार  बुधबार ७५ अंकको बुलिस ट्रेन्डमा उक्लिएसगै सर्किट ब्रेक लागेर छोटो समयमा नै कारोबार बन्द भएको छ। सोमबारदेखि नियमित कारोबार हुन थालेको सेयर मार्केटमा उक्त दिन गिरावट आएपनि मंगलबार र बुधबार भने बढेको छ। यसरी बुलिस ट्रेन्डमा जानुको मुख्य कारण ओली सरकार ढल्ने हल्ला भएको बिश्लेशकहरुले औल्याएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले सेयर मार्केटलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्नेहरुलाई निरुत्साहित गरेका कारण सेयर बजार ओरालो लाग्दै आएको थियो तर ओली सरकार हट्ने हल्लासगै लगानीकर्ताहरु लगानीको लागि उत्साहित देखिएको बिश्लेशकले बताएका छन्।

मंगलबार ७२ अंकले बढेर बन्द भएको सेयर मार्केट बुधबार ७५ दशमलव ७७ अंकले वृद्धि भएसगै  सर्किट ब्रेक लाग्दै कारोवार बन्द भयो। ११ बजेदेखि सुरु भएको कारोबार करिब साढे १२ बजेतिर नेप्से परिसुचक १३३६ अंकमा पुगेर बन्द भएको नेपाल स्टक इक्सचेन्ज (नेप्से)ले जनाएको छ। नेप्सेका अनुसार बुधबार होटेल क्षेत्रको बाहेक सबै क्षेत्रको सुचकमा हरियाली छाएको छ।

सेयर मार्केट विश्लेषक राजु नेपालले ओली सरकारप्रति लगानीकर्ता र उद्यमीले विश्वास नगरेका कारण अहिलेसम्म सेयर मार्केट घटिरहेको र अब सरकार ढल्ने निश्चितप्राय: भएपछि सेयर मार्केट उकालो लागेको बताए। ‘जतिजति आर्थिक नीति राम्रो हुन्छ र जति जति सरकारप्रति, सरकार प्रमुखप्रति लगानीकर्ता, उद्यमीहरुको विश्वास गर्छन् सेयर मार्केट त्यति नै राम्रो हुँदै जान्छ’ विश्लेषक नेपालले हाम्राकुरासँग भने, ‘संसार भरिको नियम त्यही हो तर जब नेपालमा वर्तमान सरकार बन्यो र त्यसको अर्थमन्त्रीको रुपमा युवराज खतिवडा हुनुभयो, त्यसपछि सेयरमार्केट ओरालो लाग्न थाल्यो। त्यसको कारण यी दुवै जना सेयर मार्केटप्रति अनुदान व्यक्तित्वहरु थिए।’

सेयर मार्केट र रियलस्टेटको सन्दर्भमा अर्थमन्त्री युवराज खतिवडाले पटक पटक नकारात्मक टिप्पणी गरेका कारण निरन्तर ओरालो लागेको र अब अर्थमन्त्री फेरिने सम्भावना बढेकोले हिजो आज सेयर मार्केटमा वृद्धि भएको नेपालको भनाई छ। त्यस्तै सेयर मार्केटका लागि वर्तमान अर्थमन्त्री युवराज खतिवडाले कहिल्यै पनि राम्रो काम नगरेको आरोप नेपालले लगाए। ‘सेयर र्मोकटका लागि उहाँले अहिलेसम्म कुनैपनि राम्रो गुर्न भएको छैन। उहाँ राष्ट्र बैंकमा बस्दाखेरी होस् वा योजना आयोगमा बस्दाखेरी होस्’ उनले भने, ‘साँच्चै भन्ने हो भने लगानीकर्तालाई निरुत्साहित गर्ने कुराहरु मात्रै उहाँबाट आएका छन् । सेयर मार्केट एकोहोरो तल जाँदा पनि उहाँले माथि ल्याउनका लागि केही गर्न भएन।’

लकडाउनको अवधिमा विश्वभरि बन्द भएको सेयर मार्केट ओली सरकारले जानीजानी ९० दिन बन्द गरेको नेपालले दावी गरे। ‘संसारमा काही बन्द नभएको मार्केट नेपालमा ९० दिन गरियो । खोलेको भए सेयर मार्केट तल आएको आइ हुन्थ्यो’ उनले भने, ‘पाँच, छ सय अंकको हाराकारीसम्म आउँथ्यो। त्यतिबेलामा मानिसहरुकै खर्बौ रुपैयाँ डुबिसकेको हुन्थ्यो। त्यो हुन्छ भन्ने डरले यिनीहरुले जानिजानिकन संसारमा नभएको यता बन्द गरे।’

यही सरकार रहेमा अझै घट्छ नेपालकै शब्दमा
सेयर भनेको मान्छेको तरल सम्पत्ति हो। अहिलेको अहिले (तत्काल) क्यासमा कन्भर्ट गर्न मिल्ने सम्पत्तिलाई तरल सम्पत्ति भनिन्छ। त्यस्तो सम्पत्तिलाई सरकारले ९० दिनसम्म लक गरेर राखेको थियो। कारोबार रोकेर राखेको थियो। अहिले आएर धेरै प्रेसर परेपछि खोलियो। असार मसान्तको बेलामा कतिपय मानिसले सेयर बेचेर ऋण तिर्नुपर्ने थियो। अहिले आएर खोले। खोलेपछि सेयर बढ्नुको कारण सरकारप्रतिको विश्वासका कारण होइन। सरकार ढल्ने हल्लाको कारण नै हो।

संसारमा के हुन्छ भने, स्थिर सरकार आएपछि राम्रो नीति ल्याउने सरकार आएपछि, नयाँ सरकार आएपछि सेयर मार्केट बढ्छ। हाम्रोमा ठ्याक्कै उल्टो भएको छ। अहिले यो सरकार जान्छ भन्ने कन्फर्म भयो। अर्थमन्त्रीबाट युवराज खतिवडा हटछन् भन्ने कन्फर्म भयो। केपी ओलीको सरकार हट्छ भन्ने कन्फर्म भयो। र अर्को आउने सरकारले यति नराम्रो काम त नगर्ला भनेर मार्केटको आत्मविश्वास बढेको हो।

यो सरकार ढल्ने स्थिति भयो भने केही दिन बढ्छ, भोली (बिहीबार) अलिकति धेरै नबढ्ला। किनभने हप्ताको अन्तिम दिनको कारोबार हुन्छ। त्यसपछि शुक्रबार र शनिबारसम्म यो सरकार ढल्ने नै भयो र अर्को सरकार आउने भयो भने सेयर मार्केट बढ्छ। होइन फेरि यही सरकारले कन्टिन्युटी दिने हो भने सेयर मार्केट फेरि घट्छ।



लोकप्रिय समाचार
नयाँ