काठमाडौं । भारतीय विपक्षी दल काँग्रेसका नेता राहुल गान्धीले कोरोना भाइरसको संक्रमणको यस समयमा स्वास्थ्य उपचारमा खटिएका भारतका नर्सहरुसँग अन्तरक्रिया गरेका छन् ।
भारतमा मनाइएको चिकित्सक दिवसका अवसरमा उनले त्यहाँका नर्सहरुसँग कुराकानी गरेका हुन् । त्यस क्रममा उनले कोरोना भाइरसको महामारीको उपचारका क्रममा नर्सहरुले गरेको योगदानको प्रसंशा गरेका थिए ।
भर्चुअल माध्यमबाट गरिएको सो अन्तरक्रिया मा नर्सहरुले कोरोना महामारीको उपचारका क्रममा आफूलाई परेका विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए ।