काठमाडौं । हङकङवासी विद्रोहमा उत्रिएका छन् । चीनले हङकङमा लागु गराएको नयाँ सुरक्षा कानुन अमान्य भन्दै हङकङवासी विद्रोहमा उत्रिएका हुन् ।
हङ्कङका नागरिकले चीनले लागु गरेको नयाँ सुरक्षा कानुन भङ्ग गरेमा आजीवन जेल सजाय भोग्नुपर्ने हुन सक्ने भए पनि नागरिकहरु विद्रोहमा उत्रिएका हुन् ।
उक्त क्रममा हङकङ पुलिसले एक जनालाई पक्राउ गरेको छ । उनलाई नयाँ कानुन लागु भएपछि उक्त कानुनमा आधारित भएर पक्राउ गरिएको हो ।
जारी कानुनको उल्लंघन गरेको र स्वतन्त्रता समर्थनको झण्डाबोकेको आरोपमा उक्त व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले लेखेको छ ।
हङकङमा बढ्दो अशान्ति र प्रजातन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ बेइजिङले यो कानुन ल्याएको हो ।
नयाँ कानुनले प्रदर्शनलाई अंकुश लगाउने र हङ्कङको स्वतन्त्रतालाई कमजोर तुल्याउने आलोचकहरूको भनाइ छ।
चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने घोषणा हङ्कङमा प्रभाव बढाउन चीनले विवादास्पद कानुन पारित गरेको थियो ।
हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले नयाँ कानुनले राम्रो गर्ने प्रतिक्रियासमेत दिएकी छिन् । हङकङमा भएको ठूलो आन्दोलनपछि उक्त कानुनले हङ्कङमा फेरि स्थिरता कायम गर्ने उनको दाबी छ।
उक्त कानुनको विस्तृत विवरण मङ्गलवार स्थानीय समयानुसार बिहान ३ बजेपछि सार्वजनिक भएको हो । बुधबारदेखि यो लागु भएको हो ।
यो कानुन अनुसार पृथक्तावाद, विद्रोह, आतंकवाद र विदेशीसँगको साँठगाँठको अपराधमा कम्तीमा तीन वर्षदेखि आजीवन कारावासको सजाय हुनेछ ।
यो कानुनको विद्रोहमा धेरैभन्दा धेरै हङकङवासी उत्रने दावी पनि गरिएको छ ।