काठमाडौं । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा परिवारवाद, नातावादबारे लामै बहस भइरहेको छ। नातावादका कारण राम्रा कलाकारहरूले काम पाउँदैनन् र उनीहरू डिप्रेसनको सिकार हुन्छन् दर्शकहरुको बुझाइ छ । पछिलो समय करण जौहर, आलिया भट्ट र सलमान खान ट्रोलको शिकार बनेका छन्।
यस सूचीमा सैफ अली खानको नाम पनि थपिएको छ। वास्तवमा सैफले नेपोटिज्मको बारेमा बयान दिएका छन जुन फ्यानहरूले पत्याएका छैन ।
सैफले एक विज्ञप्तिमा भनेका छन् - भारतमा पारिवारवाद, पक्षपात र गुटबन्दी जस्ता धेरै विषय छन्। यहाँसम्म कि म नेपोटिज्मको शिकार भएको छु, तर कोही यसको बारेमा बोल्दैन। मलाई खुशी छ कि फिल्म संस्थानका अधिक व्यक्तिहरू पनि यसको बिरोधमा अगाडि आएका छन्।
सैफ बलिउड अभिनेत्री शर्मिला टैगोरका छोरा हुन् । सोहि कारण सैफले नेपोटिज्मको बारेमा बोल्दा फ्यानहरुले पत्याएनन् र सैफलाई ट्रोल गरे। एक प्रयोगकर्ताले लेखे - 'अझै कति झुठ बोल्नुहुनेछ लाज लाग्दैन?'
एक प्रयोगकर्ताले लेखेका थिए- 'आजको सबैभन्दा ठूलो मजाक सैफ अली खानले पनि बलिउडमा संघर्ष गरिसकेका छन।' अर्कोले लेखे- 'मानिस उत्साहमा जे पनि बोल्छन्। ''
त्यस्तै एक प्रयोगकर्ताले लेखे - 'तपाईं जे भनिरहनु भएको छ बहसको लागि राम्रो छ, सुन्नको लागि राम्रो छ तर व्यावहारिक सम्भव छैन। यदि सैफ अली खानले नातावादको सिकार भएको गुनासो गरिरहेका छन भने हामीले स्वीकार्नु पर्छ कि 'जुलवी' सीधा छ, अनन्या पाण्डेले कडा परिश्रम गरिन् र करण जोहरले प्रतिभाशाली स्टारहरूलाई अवसर दिए। सैफ अली खानले यो सोच्न बन्द गर्नुपर्छकि मानिसहरू मूर्ख छन्।'