गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा बिरगञ्जमा तीन दिवसीय कार्यक्रम
प्रकाशित २०७७ असार १८ बिहिबार
102
Shares
वीरगंज। नेपाली राजनितिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तिको अवसरमा जी.पी कोईराला फाउण्डेशन पर्साले वीरगंजमा तीन दिवसिय र्कायक्रमको आयोजना गरेको छ। स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा मानव सेवा आश्रममा विहिवार दिवा खाना तथा राहतस्वरुप चामल दुई बोरा, मिठाई, आप १ क्रेट आश्रममा प्रदान गरिएको हो।
कोईरालाको जन्मजयन्तीको अवसरमा तीन दिवशिय र्कायक्रमको घोषणा गरेको जीपी कोईराला फाउण्डेशन पर्साले पहिले दिनको मानव सेवा आश्रममा गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोहम्मद सहाबुदिनले गिरिजा प्रसाद कोईरालाको योगदान चीरस्मरणिय रहको बताए। कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाँचो अहिले पनि उतिकै रहेको सभापति सहाबुदिनले बताए।
जीपी फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनितिक चेतना अहिले पनि उतिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए। फाउण्डेशन पर्साले आयोजना गरेको पहिलो दिनको र्कायक्रममा फाउण्डेशनका कोषाध्यक्ष मनोहर साह, सहसचिव मिन्टु देवि सिहं, सदस्यद्वय प्रिति सिंह, जितेन्द्र सिंह, बाबु नन्द प्रसाद पटेल, फाउण्डेशन पर्साका वीरगंज नगर सभापति आकास चौहान, नेपाली कांग्रेसका बुथ सभापति शेख निजामुदिन, प्रेस युनियन पर्साका सचिव किशार सिंह, फाउण्डेशन ईकाइ समिति वडा नं ३ का अध्यक्ष सदिंव केवटको उपस्थिति रहेको थियो।